Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अरु देशहरु सिक्सजीमा पुगिसके, हामी फोरजी मै अड्किएका छौं : मन्त्री गुरूङ

२०८१ फाल्गुन ८, बिहीबार १४:५२
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका छन् । बिहीबार ‘दूरसञ्चारको भविष्य निर्माण ः नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ कार्यक्रममा बोल्दै उनले पूरानो टेलिकम नीतिले गाइड गर्न नसकेकाले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,  ‘टेलिकम पोलिसी संशोधन गर्दैछौं । पूरानो टेलिकम नीतिले हामीलाई गाइड गर्न सकेन ।  टेक्नोलोजिका धेरै कुराहरु परिवर्तन गर्नुपर्ने छन् । हामी चाँही नेपालमा टुजी, थ्रीजी चलाइरहेका छौं । तर भन्नको  लागि फोरजी चल्छ भन्छौं तर हरेक ठाउँमा फोरजी पुग्न सकेको अवस्था छैन । फोरजीको कभरेज बढाउन सकेका छैनौं । सरकार भन्छ फोरजी नेपालभरी नै पुग्नुपर्यो तर हरेक ठाउँमा अहिले पनि टुजी, थ्रीजीमै हामी अड्किरहेका छौं, यसमा गर्नुपर्ने कामहरु थुप्रै छन् ।’

साथै उनले सबै देशहरु सिक्सजीमा जाने समयमा फाइभजीमा पनि पुग्न नसकेको बताए । उनले फोरजीलाई नै व्यवस्थित गर्न नसकेको बेला फाइभजी लन्च गर्न सबै भन्दा ठूलो चुनौति भएको बताए ।

यसैगरी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बोर कायुमोभले विदेशी लागानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनुपर्ने बताए । उनले दूरसञ्चार क्षेत्रको विकासका लागि विद्यमान व्यवस्था बदल्नुपर्ने बताए ।

उनले भने, ‘यदि कसैले २० वर्ष लगाएर घर बनायो र पाँच वर्षपछि त्यो घर आफ्नो हुँदैन भन्ने थाहा पाएमा उसले थप लगानी गर्छ कि गर्दैन ? उनले प्रश्न गरे, यी प्रश्न आधारभूत हुन्, तर यसलाई नजरअन्दाज गर्नु हुँदैन । यस विषयमा नियामक निकायले स्पष्टता दिनुपर्छ । विदेशी लागानीका टेलिकम कम्पनी २५ वर्षमा सरकारीकरण हुने व्यवस्था बदलिनुपर्छ ।’

उनले भारतलगायतका देशहरूमा भइरहेको लगानीको उदाहरण दिँदै नेपालले पनि लगानी भित्र्याउन ध्यान दिनुपर्ने बताए ।

यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले पनि टेलिकम नीति निकै  पूरानो  भएको  बताए ।  उनले टेलिकम क्षेत्रको विकासका लागि समयसापेक्ष नीति निर्माण र कर प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘टेलिकम पोलिसी धेरै पूरानो भयो । यो पोलिसीलाई बदल्नुपर्छ जस्तो  लाग्छ । टेलिकम क्षेत्रको विकासका लागि समयसापेक्ष नीति निर्माण र कर प्रणालीमा सुधार गर्नुपर्नेछ । अवलम्बन गर्न खोजेका नीतिहरू अन्य देशहरूमा सफल भइसकेका छन्, त्यसैले यस विषयमा छलफल गर्न आवश्यक छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved