Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

चित्रकला, संगीत र साहित्यिक कार्यक्रमबाट बालबालिकाको चौतर्फी विकासमा सहयोग हुन्छ : प्रमुख शाह

२०८१ फाल्गुन ७, बुधबार १६:५६
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरुको चौतर्फी विकासमा योगदान पुग्ने बताएका छन् ।

सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुने त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका विधाहरु महत्वपूर्ण हुने भन्दै उनले राख्दै बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको बताए ।

उनले भने,‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन् ।’

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उनले खुल्ला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसङ्गमा भने,‘यो प्रतियोगिता नभइ प्रदर्शनी जस्तो हो । यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ । सबैले समान प्राप्तिको महसुस गर्छन् ।’

कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पि. एल. सिंहको व्यक्तित्वमा कुरा गर्दै प्रमुख शाहले, स्वर्गीय सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा स्मरण गरे ।

सिर्जना कलेज अफ फाइन आर्टस्को प्राविधिक सहयोगमा आयोजना गरेको चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले धारणा राखे ।

उनले भने,‘प्राकृतिक र सांस्कृतिक अवस्थितिको अनुभूति गराउँदै सिर्जना प्रस्फुटन गराउने हाम्रो चाहना हो ।’

वडा सदस्य सृष्टि तुलाधरले आगामी योजना सुनाउँदै यस पटक प्राप्त नतिजा र सिकाइका आधारमा आगामी दिनमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु (समूह क) लाई क्रेयन अन ड्रइङ् पेपर, कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरु (समूह ख) लाई अक्रिलिक कलर अन पेपर र कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरु (समूह ग) लाई अक्रिलिक अन क्यान्भास वोर्ड गरी ३ समूहमा विभाजन गरेर चित्र कोर्न दिइएको थियो । प्रतियोगिताका विजेतामध्ये समूह ‘क’ बाट ३ जनालाई जनही ३ हजार रुपैयाँसहित प्रमाण पत्र, समूह ‘ख’ बाट ३ जनालाई जनही ५ हजार रुपैयाँसहित प्रमाण पत्र र समूह ‘ग’ बाट ३ जनालाई जनही ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved