Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्न आवश्यक :सभापति देउवा

२०८१ फाल्गुन ७, बुधबार १६:५५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरुको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘धेरै साथीहरुको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ । यो व्यवस्था ल्याउन लडेकाहरुको भावनाहरुलाई अझ अगाडि बढाउनु छ । यसको लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’
यसको साथै, उनले वर्तमान संविधान सम्पूर्ण नेपालीहरु अटाउने खालको भएको भन्दै यसमा केही कमि कमजोरी भए भोलीका दिनमा सुधार गर्दै जाने बताए ।
उनले भने, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ । नेपाल जुन नयाँ संविधान बनेको छ । यसमा सम्पूर्ण नेपालीहरु अटाउने खालको छ । यसमा केही कमि कमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानु पर्छ । त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो ।’
सोही क्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले ०७ सालको क्रान्तिले सुरु गरेको सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको राष्ट्रिय अभियान खण्डित भएको भन्दै आज समस्याहरुको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको बताए ।
उनले भने, ‘नेपाली काङ्ग्रेसको राजनीतिमा पछिल्लो समय जो छौ सबैले अघिल्लो पुस्ताले गरेको योगदानलाई ह्दयमा राखेर त्यो अनुभवलाई लिएर आफूलाई दिक्षित गरेर आगामी दिनमा काङ्ग्रेस, समाज र देशको लागि आफूलाई तयार गर्नुपर्छ । ०७ सालको क्रान्तिले सुरु गरेको जुन राष्ट्रिय अभियान थियो, सामाजिक रुपान्तरणको, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको त्यो खण्डित भएपछि आज समस्याहरुको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको छ ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved