Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’

२०८१ फाल्गुन ६, मंगलवार १४:०७
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।

जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र रिलिज भए पनि सिनेमाले व्यापार राम्रो गर्न सकेनन् ।

मंसिर, पुस र माघको जाडोसँगै सिनेमाको बक्सअफिस चिसियो । गत वैशाखदेखि नेपाली चलचित्र नगरीमा देखिएको उत्साह सेलायो । सेलाएको यो उत्साह र ओरालो लागेको बक्सअफिसलाई अब कुन चलचित्रले तताउला ? यसै भन्न त सकिन्न किन भने सिनेमाको बिजनेस हो ।

तर, अहिलेसम्म बजारमा आएका कन्टेन जस्तै ः टिजर र गीत हेर्दा र यसप्रति दर्शकले देखाएके चासो हेर्दा सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना छ । जाडोसँगै चिसिएको नेपाली चलचित्रको बजारलाई गर्मी सुरु भएसँगै आउने ‘लाज शरणम्’ कात्तिक अगाडिकै बजारमा फैल्याउने स्वयं लाज शरणको टिमको विश्वास छ ।

चलचित्र ‘लाज शरणम्’को टिमले यतिबेला गरिरहेको आक्रामक प्रचार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत र टिजरमा देखिएको प्रोडक्सन भ्यालुले यो चलचित्रले बजार फर्काउने विश्वास गर्न सकिन्छ ।

चिनिएका फेस जस्तै ः सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘बले’, सागर लम्साल ‘बले’लगायत कलाकारका कारण पनि यो चलचित्र दर्शकको रोजाइमा पर्नसक्छ ।

बालेनको गीतले ‘लाज शरणम्’लाई ती आम दर्शकसम्म पुर्याएर थप हाइप बढाएको छ । यसले पनि दर्शकलाई हलसम्म तान्न सहयोग गर्नेमा निर्माणपक्ष ढुक्क छ । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved