
काठमाडौँ । जनयुद्ध दिवसको पूर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बलेफी गाउँपालिका समितिले ३० औं महान् जनयुद्ध दिवस खाडीचौर बजारमा दीप प्रज्ज्वलन गरी मनाइएको छ।
०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र) बलेफी गाउँपालिका समितिले बिहिबार साँझ खाडीचौर बजारमा दीप प्रज्ज्वलन गरी ३० औं महान् जनयुद्ध दिवस मनाइएको बलेफी गाउँपालिका समितिका अध्यक्ष कालिप्रसाद तामाङले जानकारी दिनुभयो।
जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै नेकपा (माओवादी केन्द्र) बलेफी गाउँपालिका समितिलेले दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्ज्वलनमार्फत जनयुद्धका महान् सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा सहभागीहरूले जनताको अधिकार रक्षा गर्दै समाज परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रतिवद्धता व्यक्त गरे।
दीप प्रज्वलन कार्यक्रममा स्थानीय युवाहरू, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न पेशागत संगठनका सदस्यहरूको सहभागिता रहेको थियो।