Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

१३२ जना स्वयंसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार

२०८१ फाल्गुन १, बिहीबार १७:०१
Shares
Facebook X Messenger WhatsApp

जनकपुर । मधेश प्रदेशमा विद्यालय शिक्षाको गुणस्तर तथा सिकाइवृद्धि र सिकाइ उपलब्धि हासिल गर्न प्रदेश सरकारले नयाँ किसिमको योजना अगाडि बढाएको छ ।

मधेश प्रदेश सरकारले विभिन्न सामुदायिक विद्यालयमा चार विषयका शिक्षक व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक भर्ना गर्न लागेको छ । प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले विहीबार एक सय ३२ जना प्रदेश स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश सरकारले विद्यालय शिक्षालाई सबल, सुदृढ र परिणामुखी बनाउन प्रदेश स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको जनाइएको छ । गत एक दशकभन्दा बढी समयदेखि सामुदायिक विद्यालयमा शिक्षकको नयाँ दरबन्दी कायम नभएको र विद्यमान दरबन्दीमा संशोधन एवम् परिमार्जन नहुँदा अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव र विद्यार्थी अनुपातमा शिक्षकको कमी रहेको छ ।

प्रदेशका त्यस्ता विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गरी तीव्र गतिमा सिकाइ उपलब्धि प्राप्त गनर्न प्रदेश स्वयंसेवक शिक्षकको पदपूर्ति गर्न सरकारले दरखास्त आह्वान गरेको मुख्यमन्न्त्री सतिशकुमार सिंहले बताए ।

विद्यालयमा वर्षेनी शिक्षकहरू सेवानिवृत्त हुँदै गएको, अधिकांश विद्यालयमा अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयका शिक्षक उपलब्ध नरहेको र सोही कारणले कक्षा नौ र दसका विद्यार्थीहरूको पठनपाठन प्रभावित भइरहेको छ । यस्तोमा नयाँ पाठ्यक्रम र शिक्षण शैलीअनुरूप पठनपाठन गराउन सक्ने अनुभवी तथा तालिमप्राप्त शिक्षकबाट विद्यार्थीलाई गुणात्मक फड्को मार्न सघाउ पुग्ने शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले बताइन् ।

उनले एसइइमा मधेश प्रदेशका विद्यार्थीको नतिजा उत्साहजनक नहुने कारणमध्ये शिक्षक दरबन्दी अभाव र शिक्षकको कमी पनि मूलकारण रहेको औंल्याइएको बेला नमुना विद्यालय र शिक्षक आवश्यक भएका विद्यालयमा प्रदेश स्वयंसेवक शिक्षक परिचालन गरिने जानकारी दिइन् ।

सामुदायिक विद्यालयका लागि शिक्षक परिपूर्ति गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएपछि केही योग्य र अनुभवी व्यक्तिले सामान्य रोजगारसमेत पाउने तथा नयाँ पुस्तामा शिक्षण पेसाप्रति आकर्षण बढ्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved