
नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ।
बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।