
काठमाडौंको नयाँबस्ती, बौद्धमा बसोबास गर्दै आएका रामेछाप गोकुलगंगा गाउँपालिका–५, नामाडि निवासी २७ वर्षीय मोहन खड्का मिति २०८१ साल माघ ८ गते, मंगलबार बिहान करिब १०:०० बजे कलंकीबाट बौद्ध (डेरा) जाने भन्दै निस्किएका थिए। तर, सो समयदेखि हालसम्म उहाँको कुनै खबर प्राप्त नभएको र सम्पर्कमा नरहेकाले परिवारजनले खोजी गरिदिन अनुरोध गरेका छन्।
वेपत्ता खड्कालाई फेला पार्ने वा उहाँबारे कुनै जानकारी प्राप्त गर्ने जो कोहीले नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरहरूमा खबर गर्न आग्रह गरिन्छ।
सम्पर्क नम्बरहरू:
📞 ९८६५०६२२९९
📞 ९८४३५४७३४७
📞 ९८४४५१७३९७
📞 ९८४१३८६४९५
वेषभूषा तथा हुलिया:
👖 निलो जिन्स पाइन्ट
🧢 कालो क्याप टोपी
🧥 कालो ज्याकेट
👟 सेतो जुत्ता
📏 उचाइ: करिब ५ फिट ९ इन्च
🎨 वर्ण: गहुँगोरो
यदि कसैले उहाँलाई देख्नुभएको छ वा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने तत्काल सम्पर्क गर्न अनुरोध छ।