Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्बोच्चले दियो कारण देखाउ आदेश

२०८१ माघ ३०, बुधबार १४:३५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं ।  विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्बोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार नवल सिंह रावल फाउण्डेसनले पत्रकार सम्मेलनको आयोजना गरी आदालतले राष्ट्रिय चासोको विषयमा सकारात्मक पहल लिएकोमा खुसि व्यक्त गर्दै सो जानकारी समेत दिएको छ ।

फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले नेपाल सरकार र सारोकारवाला पक्षहरुलाई वर्षाैदेखि ध्यानाकर्षण गराउँदा पनि नसुनेपछि अदालत जानु परेको र अदालतले सो विषयलाई सकारात्मक दिशामा अघि बढाएकोमा हर्षित भएको बताए ।

रावलले विगत २ वर्षदेखि अदालतमा कानुनी लडाई लड्दै आएको जनाउँदै भने, ‘विभिन्न नियकायहरुलाई ध्यानाकर्षण गराउँदा कसैले सुनेन्, त्यसैले अदालतको ढोका ढक्ढकाउन बाध्य भएँ, अब अदालतले सकारात्मक बाटो देखाएको छ ।’ सुरुमा सर्बोच्च अदालतमै मुद्दा हाल्दा तत्कालिन्, न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलाशले सो मुद्दालाई खारेज गरेको बताउँदै भने,‘अघिल्लो समयमा राम्रो नबुझी पूर्वाग्रही ढंगले खारेज गरियो त्यसपछि निराश भएँ, तर हार खाइन ।’

हालै माघ २२ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलाशले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, संस्कृति, पर्याटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण बबरमहल, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, राष्ट्रिय सूचना आयोगका नाममा १५ दिने कारण देखाउ आदेश जारि गरेको रावलले बताए ।

अध्यक्ष रावलले अदालत जानु पूर्व नेपाल सरकार, पधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा पर्यटनमन्त्री, राजनीतिक दल, पर्यटनसँग सरोकार राख्ने संघसंस्थाका प्रमुख तथा प्रतिनीधी सबैलाई प्रमाणसहित भेट तथा निवेदन गर्दा कसैले नसुनेको आरोपसमेत लगाए ।

उनिहरुले विषय सकारात्मक भएको बताए पनि यो विषय नितान्त व्यक्तिगत तथा निजी भएको जस्तैः ब्यवहार गरेको बताउँदै भने,‘विदेशी पर्यटकहरुलाई नेपाल भित्राएर देशको समृद्धी तथा आर्थिक पाटोलाई मजबुत बनाउने कुरामा किन कसैको चासो भएन ? अचम्म लाग्छ ।’

अन्य क्षेत्रमा नेपाली नागरिक र विदेशी पर्यटकका लागि ऐन, निमावली बनाएर फरकफरक शुल्कको कानुनी व्यवस्था गरिए पनि, हवाई यातायातमा भने सरकारले कुनै मूल्य निर्धारण गरेको छैन, सोही अवस्थाको फाईदा उठाउँदै व्यवसयीले मनपरी गरिरहेको बताउँदै भने,‘एउटै प्लेनमा यात्रा गर्ने विदेशी र स्वदेशीलाई गरिएको विभेदले विश्वमा नेपालप्रति नकारात्मक  धारणा बनिरहेकोप्रति ध्यान किन नगएको ?’

पछिल्लो समयमा २ हजारभन्दा बढी प्लेटफर्ममा नेपाल बारे विदेशीहरुले नकारात्मक प्रचार गरिरहेको र त्यसले पर्यटकहरु व्यापक घटिरहेको उनले जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

ताजा अपडेट
  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

  • हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ ओली

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved