Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी

२०८१ माघ २९, मंगलवार १२:००
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएकोप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघलगायतका संघसंस्थाले आपत्ति जनाएका छन् ।

मंगलबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे समक्ष ध्यानाकर्ष पत्र बुझाउँदै दुई विधेयक दर्ता भएकोप्रति आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि सभाको मिति २०८१÷१०÷१९ गतेको दर्ता नम्बर ४ र ५ को विधेयक सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरु सँग कुनै छलफल नै नगरी नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक,२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधयेक,२०८१ दर्ता भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण,लोकतान्त्रिक कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

संघका अध्यक्ष गणेश प्रसाद भुसालद्धारा हस्ताक्षरित पत्रमा विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराइएको छ ।

‘नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरुलाई वेवास्ता गरी तथा कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने गरी उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने गरी ल्याइएको विधेयकले प्राधिकरणको समग्र हित भन्दापनि अझ धरासायी बनाउने उदेश्यले दर्ता गरिएको विधेयकहरुलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गर्दछ । विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म संघको नेतृत्वमा सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराउन चाहन्छौ,’ पत्रमा भनिएको छ ।

समग्र कर्मचारी र संस्थाको हित विपरीत पेस भएको विधयेक अघि बढेमा कानूनले दिएको अधिकार प्रयोग गरी चरणबद्धरुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ । आन्दोलनका कारण नेपाली आकाशको सम्पूर्ण हवाई सेवा ठप्प हुँदा पर्ने दूरगामी असरलाई नजरअन्दाज नगर्न पनि संघले चेतावनी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघ नेपाल यातायात मजदुर संघ र इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडरेसनको सदस्य भएकाले उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गरिनेपनि संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved