नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।
सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







