Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा

२०८१ माघ २४, बिहीबार १२:१२
Shares
Facebook X Messenger WhatsApp

इटहरी । मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि कोशी प्रदेशस्थित सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ ।

गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ताला फुटाइदिएका हुन् ।

मेयर पौडेलले पे्रस विज्ञप्तिमार्फत भनेका छन,‘माघ ११ गतेदेखि लागेको ताला नखुल्दा कार्यालयको दैनिक कामकाजमा समेत बाधा पुग्न गएको, त्यसैगरी वडा कार्यालयहरुको सेवा समेत प्रभावित भइ सेवाग्राहीहरुलाई सेवा लिन कठिनाइ भएकाले स्थानीय सरकार प्रमूखको नाताले नगरवासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाइएको ताला खोलि कार्यालयबाट प्रदान गरिने सेवालाई नियमित सुचारु गर्न आवश्यक भएकाले उक्त ताला फोरेर काम सुचारु गर्न गराउन बाध्य भएको छु ।’

तर, यस कार्यको एमालेका जनप्रतिनिधि मानेका छैनन् बरु, एमाले जनप्रतिनिधिहरु मेयरको ‘दादागिरी’भन्दै मेयरकै कार्यकक्षमा नै ताला लगाउने चेतावनी दिइरहेका छन् ।

उपमहानगरपालिकाकी उपमेयर चौधरीले भनिन्,‘मेयरजीको दादागिरीमा शैलीमा जुन ताला तोडिएको छ । समाधान दिन सक्नुभएन भने हामी मेयरज्यूको कार्यकक्षमा ताला लगाउँछौं ।’

इटहरीमा मेयर कांग्रेसका हुन भने उपमेयर सहितका बहुमत कार्यपालिका एमालेको रहेको छ । ‘सहमति होला जस्तो छैन । ताला लाग्ने जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।

विवाद के हो ?

खासगरी इटहरीमा तालाबन्दीको अवस्था श्रृजना हुनुको मुख्य कारण भनेको कर्मचारीको सरुवाको विषय हो । गत पौष २८ मा मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले कर्मचारीको सरुवा गरेका थिए । सो सरुवामा कांग्रेसले जितेका वडाका बाहेकका कर्मचारी चलाएको भन्दै एमाले आन्दोलित बनेको हो ।

कर्मचारी सरुवा गरेर मेयर पौडेल भारत गएका थिए । त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन् । कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो ।

तर, मेयर पौडेल उल्टाएको निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन् । अर्कोतर्फ उपमेयरको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संिजव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको अवस्था छ । शाखा प्रमुख खड्का भने सातौं तहमा बढुवा भएर सुनसरीकै देवानगञ्ज गाउँपालिकामा पोष्टिङ भएका छन् ।

‘उहाँको पोष्टिङ भइसकेको छ । उहाँ यहाँ बिदामा भएकाले मंगलबारबाट देवानगञ्ज हाजिर हुनुहुन्छ होला’ उपमहानगरपालिका एक अधिकारले भने ।

विवाद बढ्दै जाँदा तालाबन्दीसम्मको अवस्था आएको हो । उपमेयरले कर्मचारीको कोठामा तालाबन्दी गरेपछि लिखित रूपमा माफी माग्नुपर्ने भन्दै उपमहानगरका कर्मचारी पनि आन्दोलित भएका थिए ।

प्रमुख पौडेलले ताला फुटाएपछि भने कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । तर, एमाले कांग्रेसको राजनीतिक विवाद थप चुलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved