Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

कात्तिके देउराली समाज कोरियाद्धारा प्रभामा स्यानिटरी प्याड सहयोग

२०८१ माघ २४, बिहीबार १०:२९
Shares
Facebook X Messenger WhatsApp

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका–६, कात्तिके देउरालीमा अवस्थित प्रभा मावि तथा प्रभा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि कात्तिके देउराली समाज दक्षिण कोरियाले स्यानिटरी प्याड सहयोग गरेको छ ।

विद्यालय प्रांगनमा आयोजित एक समारोहमा समाजका अध्यक्ष उमेश चौलागाई र कोरियन नागरिक किजुन नोनले प्रभा माविका प्रधानाध्यापक क्षितिज सुब्बामार्फत उक्त विद्यालय तथा क्याम्पसमा अध्यननरत छात्राहरुका लागि निःशुल्क ८ हजार १६० पिस स्यानिटरी प्याड हस्तान्तरण गरेका हुन ।

 

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चौलागाईले दक्षिण कोरियामा कार्यरत कात्तिके देउरालीका युवाहरुले संस्थामार्फत आफ्नो गाँउमा यसअघि पनि विभिन्न सहयोग गरेको चर्चा गर्दै अहिले कोरियाली नागरिक किजुन नोनसहितको सहयोगमा स्यानिटरी प्याड हस्तान्तरण गरिएको बताए । उनले यसपटक कात्तिके देउरालीमा मात्र नभएर चौरीदेउरालीमा रहेका सबै माध्यमिक विद्यालयहरुमा स्यानिटरी प्याड हस्तान्तरण गरिने बताए ।

विद्यालय र क्याम्पसमा अध्ययनरत २ सय ४ जना छात्राहरुका लागि करिब ५ महिनासम्म पुग्ने गरी स्यानिटरी प्याड सहयोग गरेकोमा समाजलाई आभार प्रकट गर्दै प्रधानाध्यापक सुब्बाले आगामी दिनमा पनि विद्यालयले यस्ता सहयोग पाउने अपेक्षा रहेको बताए । प्रभा एलुम्नाई एशोसिएसनले संयोजन गरेको कार्यक्रममा एशोसिएसनका अध्यक्ष गोकुल गौतम, सहायक क्याम्पस प्रमुख तुलसी चौलागाई, वडा अध्यक्ष किशोर राज गिरी, प्रतिनिधीसभाका पूर्व सांसद नविना लामा, पूर्व वडा अध्यक्ष रेशम चौलागाई लगायतको सहभागिता रहेको थियो ।

समाजले यसअघि कात्तिके देउरालीमा निःशुल्क एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै विभिन्न विपदका समयमा सहायता तथा उपचारमा समस्या भोग्दै आएका विपन्न वर्गहरुलाई सहयोग रकम उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved