Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

‘पहिलो अंगको पहिले नै जनताको बीचमा पुग्ने पहिलो अंग नै मिडिया हो’

२०८१ माघ २३, बुधबार १४:३४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय प्रेस काउन्सिलले समाचारको कन्टेन्ट र समाचारको विश्वशनियता हेरिरहेको बताएका छन्।

बुधबार अनलाईन टि.भी पत्रकार संघ नेपालको वार्षिकोत्सव समारोहमा बोल्दै  उनले मिडिया र सञ्चारकर्मीहरुलाई एउटा आंचारसंहिताको दायरामा ल्याउनुपर्छ भन्दै त्यसको लागि कार्यविधि बनाएर प्रेस काउन्सिलले विभिन्न काम गर्दै आइरहेको बताएका हुन्।

नले भने, ‘खासगरी हामीले एक वर्ष अगाडि कार्य विधि बनाएर सामाजिक सञ्जाल प्रयोग हुने, सामाजिक सञ्जाल माध्यम हुने, तर सञ्चार माध्यमको काम गर्ने र मिडियाको स्वरुपमा आएर मिडियालाई र सञ्चारकर्मी साथिहरुलाई एउटा आंचारसंहिताको दायरामा ल्याउनुपर्छ  र प्रेस काउन्सिलको नियमनको दायरामा ल्याउनुपर्छ भनेर हामीले  सरकारसँग समन्वय गरेर कार्यविधि बनाएर प्रेस काउन्सिलले विभिन्न काम गर्दै आएको छ। समाचारको कन्टेन्ट  ठिक छ की छैन, सत्यतामा आधारित छ  कि छैन ?, साँचो छ की  छैन ?, पर्याप्त आधार कारण छ की छैन ?, विश्वशनिय छ कि छैन ?, समाचारको  अंग पुगेको छ की छैन ? भनेर प्रेस काउन्सिलले हेरिरहेको छ।’

साथै, सामाजिक सञ्जाल सम्बन्धि आएको विधेयकको कुरा गर्दै उनले सामाजिक सञ्जालाई राम्रोसँग सदुपयोग हुने गरि प्रयोग गर्ने खालको कानुन आवश्यक रहेको बताए। उनले मिडियाले चलाउने सामाजिक सञ्जाल, पत्रकारले चलाउने सामाजिक सञ्जाल, समाचार कन्टेन्ट आउने सामाजिक सञ्जाल, काउन्सिल निकायले हेर्नुपर्ने त्यो विधेयकमा हुनुुपर्ने बताए।

यसैगरी, सोही कार्यक्रममा बोल्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूहरु स्वतन्त्र मिडियाको कानुनी र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । उनले प्रेस सबैभन्दा महत्वपूर्ण र चौंथो अंग भए पनि यसलाई पहिलो अंगको रुपमा विकसित गरेर जानुपर्ने बताए।

उनले भने, ‘हामी स्वतन्त्र मिडियाको कानुनी, राज्यको स्वतन्त्र प्रेस स्वतन्त्रताको पक्षमा छौं। संविधान निर्माण गर्ने क्रममा धेरै मेहिनेत गरेर प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतन्त्रता भन्ने शब्दसहित राखेर संविधान निर्माण गर्न सम्पन्न भएका छौं।  प्रेस सबैभन्दा महत्वपूर्ण र चौंथो अंग अरुले भन्छन्  तर राज्यको पहिलो  अंगभन्दा पहिले नै जनताको बीचमा पुग्ने नै मिडिया हो । त्यसैले  यसलाई  हामीले  पहिलो अंगको रुपमा विकसित गरेर लिएर जान चाहन्छौं।  जसले जनताको मतलाई सबै जनताका बीचमा लिएर जान सकोस्, सरकारका कामलाई जनताका बीचमा लिएर जान सकोस्, सासंदका कुराहरुलाई जनताका बीचमा लिएर जान सकोस्।’

यसैगरी उक्त कार्यक्रममा बोल्दै रास्वपाकाका सांसद शिरशिर खनालले पछिल्लो  समय प्रविधिको विकास तीव्र गतिमा भैइरहेको बताए । उनले ईन्टरनेटको पहुँच विस्तार हुन थालेसँगै कम्प्युटरका माध्यमहरु र सामाजिक सञ्जालहरुको पनि विकास  तीव्र गतिमा हुन थालेको  बताए।

उनले  भने, ‘पछिल्लो समय प्रविधिको विकास तीव्र गतिमा भैइरहेको छ। ईन्टरनेटको पहुँच विस्तार हुन थालेसँगै कम्प्युटरका माध्यमहरु र सामाजिक सञ्जालहरुको पनि विकास तीव्र गतिमा हुन थालेको छ। लामो समयदेखी सूचनाको नियन्त्रण सिमित वर्गमा मात्र हुन्थ्यो। पत्रपत्रिकाबाट सुरु भएको सञ्चार माध्यमको विकास रेडियो टेलिभिजनसम्म आइपुग्दा पनि पहुँच कम नै  थियो। तर पछिल्लो समय प्रविधिको विकासले सबै भन्दा चाँडो सूचना प्रवाह हुने प्रविधि सामाजिक सञ्जाल नै हुन पुगेको छ।’

साथै, उनले  राष्ट्रिय सभामा पुगेको सामाजिक सञ्जाल सम्बन्धीको विधेयक नियमन नभई नियन्त्रण गर्न यो दर्ता भएको बताए। उनले शासन सत्तामा भएका व्यक्तिहरुप्रति कुनै पनि टिकाटिप्पणीलाई नियन्त्रण गर्न यो  विधेयक दर्ता गरिएको बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved