सिन्धुपाल्चोक – देशभर वडास्तरमा पार्टीको भेला गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ मा वडा समिति गठन गरेको छ। शनिबार नर्सरीमा सम्पन्न वडा भेलाबाट राजन गिरीको नेतृत्वमा ११ सदस्यीय वडा समिति चयन गरिएको छ।
वडा समितिको उपसभापतिमा ठुलीकान्छी गुरुङ्ग, सचिवमा मनिषा सोनाम चयन भएका छन् भने सदस्यहरूमा हिरा गिरी, सृजन अर्याल, गणेश गिरी, कृष्ण प्रसाद अर्याल, राजाराम गिरी, आषिश अर्याल, नमराज गिरी, र बद्रीराज गिरी रहेका छन्। रास्वपा सिन्धुपाल्चोकका सचिव चक्रपाणी सिग्देलले नवनिर्वाचित समिति घोषणा गरेका थिए।


उक्त कार्यक्रमलाई रास्वपा केन्द्रीय र्याट विभाग सदस्य कुमार श्रेष्ठ, सिन्धुपाल्चोक उपसभापति पासाङ तामाङ, सचिव चक्रपाणी सिग्देल, कोषाध्यक्ष दिलराम श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले नवनिर्वाचित वडा समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पार्टी संगठन विस्तार र स्थानीय विकासमा सक्रिय भुमिका खेल्ने अपेक्षा व्यक्त गरे।







