Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

कस्तो छ केवलकार विवादले निम्त्याएको कोशीमा बन्दको प्रभाव ?

२०८१ माघ २०, आईतवार ११:१४
Shares
Facebook X Messenger WhatsApp

इटहरी । केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संथाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाब कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ ।

बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष समितिका आन्दोलनकारीहरु सडकमा निस्कीएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगाएतका नारा लगाइरहेका छन् ।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था आन्देलनमा उत्रिएका हुन् ।

जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा आज र भोली बन्दको घोषणा गरिएको हो । त्यसपछि पनि मागको संबोधन नभए अनिस्चितकालिन लिम्बुवान आमहड्तालको समेत घोषणा गरिएको छ ।

यता कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ परिएको अबस्था रहेको जनाएको छ । कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा तैनाथी बढाइएको बताए ।

प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तर्फ यातायात संचालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरुमा सवारी संचालनमा अबरोध भइरहेको अबस्था रहेको छ । जहाँ प्रहरीले सहजीकरण गरिरहेको अबस्था छ ।

यता केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू केबलकार बनाउँदा स्थानीय संस्कृति सभ्यता र वातावरण विनाश हुने बताउँछन् । ‘नेपालको संविधान अनुसार जसरी त्यहाँ काम भइरहेको छ । यसले उग्ररुप लियो भने राज्य आन्दोलन त हुन्छ नै’ उनले भने । पाथिभरामा केवलकार कुनै हालतमा बन्न दिइँदैन ।’

पाथिभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने उनले बताए ।

तस्विर क्याप्सन ः सुनसरीको इटहरी र आसपासमा देखीएको सडक र यातायातको अबस्था ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved