Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

संसद अधिवेशन पर्खने समय थिएन्, त्यसैले अध्यादेश ल्याइयो : प्रधानमन्त्री

२०८१ माघ १८, शुक्रबार १४:३२
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुटहुटीले बनेको सरकार भएका कारण संसदको अधिवेशन पर्खने समय आफूहरुसँग नभएर अध्यादेश ल्याएको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेशबारे धेरै प्रश्न उठिरहेको भन्दै संसदको नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तीमा ढिला हुने अवस्था देखिएको भन्दै यस्तै बेलामा नै सरकारले अध्यादेश ल्याउने स्पष्टिकरण दिए ।
उनले भने,‘जनताले कहाँ कहाँ, कुन कुन कानुनको अल्झनले दुःख पाइरहेका छन् । ती अल्झन र गाँठाहरु तत्काल फुकाउन कानुनी सुधार नै पहिलो पाइला थियो । नियमित प्रकृयाबाट कानुन पारित गरी लागू गर्न न्यूनतम ५–६ महिना लाग्ने सबैलाई थाहा छ । एकातिर प्रकृया र र अर्कोतिर नतिजा सुधारको जुन हुटहुटीले संसदको दुई ठूला दलहरुको नेतृत्वमा सरकार निर्माण भयो । त्यसले संसदको अधिवेशन आउँदै छ, पर्खनुहोस् भन्ने समय हामीसँग थिएन् । संसद नभएको बेला संसदको नियमित प्रकृयाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था छ यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने ।’
त्यस्तै उनले सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाइन्छ र यसो गर्दा जनताको दैनिक समस्या ओझेलमा पर्ने बताए । एउटै गन्तव्यकालागि जनताले छानेर यहाँ पुर्याएको भन्दै उनले संसदमा पो पक्ष वा विपक्ष त देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? भन्दै प्रश्न गरे ।
उनले भने,‘हामी सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाईन्छ र जनताको दैनिक समस्या ओझेलमा पर्छन् । संसद छलेर किन अध्यादेश ल्याएको भनेर सोध्नेहरुलाई सबै कुरा थाहा छ । अध्यादेश ल्याउने भनेको नै संसद नचलेको बेलामा नै हो । संविधानले नै त्यही व्यवस्था गरेको छ होईन् र ?हामी संसदमा पो पक्ष विपक्ष हो त । देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? एउटै गन्तव्यकालागि जनताले छलेर हामीलाई यहाँ पुर्याएका छन् ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved