Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सहिदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौ : राष्ट्रपति पौडेल

२०८१ माघ १६, बुधबार १५:४७
Shares
Facebook X Messenger WhatsApp

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गरेका छन् ।

तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा  रहेको सहिद पार्कमा पुगेर सहिदहरूको शालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले अब विदेश जाने छटपटाहट छोडेर नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुट्नु पर्ने बताए ।

उनले भने, ‘सहिदहरूको ठूलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौ । अब विदेश जाने छटपटाहट छोडौ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौ ।’

राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिदहरू भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा माल्यार्पण गरेका थिए ।

लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको शालिक यो पार्कमा रहेको छ । जसमध्ये धर्मध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शाहदत प्राप्त गरेका थिए ।

त्यसैगरी, २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शहादत प्राप्त गरेका थिए । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिएका थिए ।

राष्ट्रपति पौडेलले माघ १६ गते सहिद दिवसका अवसरमा गृहजिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शाहदत प्राप्त गर्नुभएका सहिदहरूको शालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गरेका हुन् ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

ताजा अपडेट
  • सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

  • पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

  • मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

  • शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

  • जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

  • नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved