Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

आज २०८१ माघ १६ गते बुधबारको राशिफल

२०८१ माघ १६, बुधबार ०७:५४
Shares
Facebook X Messenger WhatsApp

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) व्यापार तथा उद्योगमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन वा कामबाट विश्राम पाइनेछ भने मनोरञ्जन र खानपानमा समय व्यतित हुनेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) समय तथा  परिस्थितिअनुसार चल्न नसक्दा अलिक दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौति आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिंदा राम्रो हुनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघटला भन्न सकिन्न । लामो समयदेखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै समय खर्चिनु पर्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउनेछ । एकल तथा साझेदार व्यापार फस्टाएर जानेछ । व्यापारकै शिलशिलामा रमाइलो यात्रा तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । खानपान, भेटघाट, तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)  प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरु स्वस्फूर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना छ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलिक बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानी बाट सोचेजस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु टाढै बस्नु उचित छ, माया प्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउने ग्रहयोग छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  तपाईंको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ, ध्यान दिनुहोला । अरु कै काममा समय बित्ने हुदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भए पनि सहकर्मीहरुबाट विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता  हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आट, शाहस तथा पराक्रम बढेर जाने हुनाले काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगथि गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बोल्दा ख्याल नगर्नाले समस्या उत्पन्न हुनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेरअघि बढ्दा फाइदा हुनेछ। समय मध्ययम रहेकाले काम बिग्रने डरले सताइरहनेछ। खनिज पदार्थ तथा अन्य भौतिक सम्पत्तिको व्यापारमा घाटा हुन सक्छ, ध्यान दिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यवसायबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । राजनीति तथा सामाजिक काम गरि नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा बृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ ।  व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाव बढ्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुख्र्यौली सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । काम वा अध्ययनबाट विश्राम पाइनेछ ।

तपाईंको दिन शुभ रहोस्,

प्रतिक्रिया
सम्बन्धित समाचार

आज २०८२ असार ३ गतेको राशिफल पढ्नुहोस् र पाथीभराको दर्सन गनुहोस् 

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

महालक्ष्मीको बार कसलाई कति लाभ? हेरौँ २०८१ फाल्गुण ९ शुक्रबारको राशिफल

आज २०८१ माघ २५ गते शुक्रवारको राशिफल

आज २०८१ माघ २३ गते बुधवारको राशिफल

आज २०८१ माघ १८ गते बिहीवारको राशिफल

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved