Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

खानेपानी तथा सरसफाई नियमावली राजपत्रमा आएपछि मन्त्रीले लिए सुझाव

२०८१ माघ १५, मंगलवार १२:०८
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तीका लागि भावी नियमावली, २०८१ को कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ  ।

मंगलबार खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा प्रकाशित भएसँगै जानकारी गराउन अन्तरक्रिया कार्यक्रम गरिएको बताए ।

उनले भने, ‘खानेपानी तथा सरसफाई नियमावली २०८१ राजपत्रमा यहीँ माघ १० गते  प्रकाशित भइसकेको  छ । सोही विषयमा जानकारी गराउन अन्तरक्रिया गरेका हौं । खानेपानी क्षेत्रमा चाँही काम गर्ने विभिन्न विकास साझेदारका प्रतिनिधिलार्इं बोलाएर जानकारी गराएका छौं । सन २०३० सम्म अधारभूत खानेपानी दिने सम्पूर्ण नगरिकलाई हाम्रो दायित्व पनि हो ।’

खानेपानी तथा सरसफाई कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्रातिको लागि भावी नियमावली, २०८१ को कार्यदिशा यस्तो  छ ः

१. नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकमा राखेको छ ।

२. वि.सं. २०७९ सालमा खानेपानी तथा सरसफाइ ऐन आइसकेपछि लामो समयपछि मिति २०८१ माघ १० गते सो को नियमावली पनि आइसकेको

३. नेपालको आर्थिक अवस्था पनि राम्रो नरहेको र खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्दो क्रममा रहेको

४. सन् २०३० सम्ममा स्वच्छ खानेपानी तथा सरसफाइको सेवामा पहुंच पुर्याउने दीगो विकास लक्ष्य नं. ६ हासिल गर्ने कुरामा नेपाल धेरै पछाडि रहेको

५.आवधिक योजनाहरुले निर्धारण गरेको लक्ष्य कहिल्यै पुरा नहुने गरेको र आ.ब. २०८५–८६ सम्म पुरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पुरा गर्न ज्यादै चुनौतिपूर्ण देखिन्छ

६. क्षेत्रगत लक्ष्य पुरा गर्न आवश्यक बजेटको तुलनामा नेपाल सरकारबाट विनियोजित बजेट ज्यादै कम हुने गरेकोले दात्री निकाय, विकास साझेदार र गैर सरकारी क्षेत्रबाट आगामी दिनमा खानेपानी तथा सरसफाइमा अधिकतम लगानी हुन जरुरी रहेको

७. नेपाललाई खुला दिसामुक्त घोषणा गर्न तपाई हामी सबै जसरी हातेमालो गरेर गरेर वि.सं. २०७६ सालमा जसरी सफल पारेरै छोड्यौ, त्यसै गरी

८. गुणस्तरीय खानेपानी र सुरक्षित सरसफाइमा तपाईहरुको सहयोगको टड्कारो आवश्यकता छ

९. नेपाल सरकार यस अभियानको नेतृत्व गर्न तयार छ, ३ वटै तहको समन्वय र सहकार्यमा सबै नेपालीको घरघरमा स्वच्छ खानेपानीको धारा र सुरक्षित सरसफाइको पहुंच के कसरी पुर्याउन सकिन्छ, यहांहरुको उचित राय सुझाव तथा सहयोगको हामीले अपेक्षा गरेका छौ

१०. दीगो विकास लक्ष्य पुरा गर्नु तपाई हामी सबैको साझा दायित्व भएकोले यहांहरुले आजको १ दिने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनु हुनेछ भन्ने विश्वास लिएको छु

११. विशेष गरी विभिन्न विषयहरुमा तय गरिएको समुह कार्यहरुबाट यस क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ, सो कुरामा गहन छलफल होस् र यस क्षेत्रलाई प्रभावकारी बनाउन यहांहरुबाट अत्यन्त महत्वपूर्ण सुझाव उपलब्ध होस् भन्ने चाहन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved