
काठमाडौं । त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने लोकप्रिय गायक बद्रीप्रसाद सिटौला र गायिका पार्वती कार्कीको सुमधुर स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत “कित मार मायामा बैना” सार्वजनिक भएको छ। गीतका शब्द राजकुमार खनालले लेखेका हुन् भने संगीत र एरेन्ज सुफिक्स मदनले गरेका छन्।
गीतको अडियो एरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो, जसमा मिक्सिङ गोविन्द सोनीले गरेका छन्। गीतको अडियो-भिडियो बद्री लोकमालाले बजारमा ल्याएको हो।झट्ट सुन्ने जोकोहीलाई गीतको अडियोले तानिराख्छ।
भिडियो पनि कुनै तामझाम बिना साधारण तर गजब छ। गीतको म्युजिक भिडियोमा आर्यन बिरही र गीता बुढाथोकीले उत्कृष्ट अभिनय गरेका छन्। भिडियोको निर्देशन गायक बद्रीप्रसाद सिटौलाले गरेका छन् भने छायांकन, सम्पादन, र कलर ग्रेडिङको जिम्मा साजन पराजुलीले पूरा गरेका छन्।
यो गीतले नेपाली लोकसंगीतका पारखीहरूलाई आकर्षित गर्ने विश्वास लिइएको छ। गीतको सम्पूर्ण उत्पादन बद्री लोकमालामार्फत सार्वजनिक भएको हो।हेर्नुस भिडियो……