
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।