Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अस्वस्थ्य रहेका प्रधानमन्त्री पाल्पा गएनन्, भर्चुअलरुपमै भवनको उद्घाटन

२०८१ माघ ११, शुक्रबार १६:१५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उदघाटन गरेका छन् ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा दिन र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।

उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताए ।

उनले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा जिल्ला थप अग्रसर हुने अपेक्षा गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको उपस्थित थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

ताजा अपडेट
  • सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

  • पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

  • मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

  • शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

  • जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

  • नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved