Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

रवि लामिछानेलगायत सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

२०८१ माघ ८, मंगलवार १७:०२
Shares
Facebook X Messenger WhatsApp

पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ ।

न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो ।

उक्त इजलाशले लामिछाने लगायतका प्रतिबादीहरुलाई छाड्नुको ‘कैफियत प्रतिवेदन’ पेश गर्न पनि जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेश बदर गरी लामिछाने लगायत सात जनालाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेर निवेदन दिएको हो ।

२५ पुस, २०८१ मा जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर समूह मिलेर अपचलन गरेको आरोपमा उनीसहित सात जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, जीबी राइको सहयोगी लिला पछाईंलाई ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५÷५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर सबैजना थुनामुक्त भइसकेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल ६३ जना विरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।

अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved