Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा ३६ देशका प्रतिनिधि आउने

२०८१ माघ ८, मंगलवार १४:२१
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेपाल बार एसोसिएसनले यहि फागुन ३ गतेदेखि ५ गतेसम्म ‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’को आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बारले फागुन ४ गते सम्मेलनको उद्घाटन गर्ने जानकारी गराएका हुन् ।

उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढी देशका तीनसय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ ।

सम्मेलनको विषयवस्तु ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ रहेको छ जसले समसामयिक मानव अधिकार मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

सम्मेलनमा एक पूर्ण सत्र र मानव अधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति र समुदायका अधिकारहरु समेत गरि जम्मा तीन ट्र्याकहरूमा १२ वटा विषयगत सत्रहरू हुनेछन् ।

ल एशियाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्याम दिवानले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध एजेण्डा तयार गरेको बताए ।

उनले भने, ‘हामी विश्वभरका वकिलहरूको उपस्थितिले समृद्ध हुने यो सम्मेलन नेपाल बार एसोसिएसनको समर्थनमा यो लक्षलाई अझ अघि बढाउनेमा विश्वस्त छौं । ल एशिया र नेपालको सम्बन्ध धेरै गहिरी छाल एशियाको उद्घाटन सम्मेलन १९६६ मा हुँदा नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसबाट लामो समयसम्मको सम्बन्धको सुरुवात भएको थियो । नेपालको न्यायपालिका र स्वतन्त्र बारले मानव अधिकार, वातावरण, असल शासन र सार्वजनिक कानुनका क्षेत्रमा पथब्रेकिङ निर्णयहरू जारी राखेको छ । नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध अजेण्डा तयार गरेको छ । बलियो स्थानीय र अन्तर्राष्ट्रिय विशेषज्ञतासहितको विविध दायरा बोकेको वक्ताहरूको उपस्थितिले नेपालभरका कानुन व्यवसायीहरूलाई निस्सन्देह आकर्षित गर्नेछ ।’

त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च भएको भन्दै यसले समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउने बताए ।

‘सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हो, जसले हामीलाई हाम्रो समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउँछ । हामी यस महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न पाउँदा सम्मानित महसुस गरेकाछौं । विश्वभरका न्यायपालिका, कानून व्यवसायी, मानवाधिकारकर्मीहरुको सहभागितामा नेपालमा हुने यस अन्तराष्ट्रिय सम्मेलनले नेपालको मानवाधिकार संरक्षण र प्रबर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास हामीले लिएकाछौं, उनले भने ।

सम्मेलनको सुरुवात फेब्रुअरी १५ को साँझमा सबै प्रतिनिधिहरूका लागि स्वागत डिनरबाट हुनेछ र राष्ट्रपतिले फेब्रुअरी १६ मा सम्मेलनको औपचारिक उद्घाटन गर्ने छन् । फेब्रुअरी १६ र १७ मा एक पूर्ण सत्र र १४ वटा सत्रहरू हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved