Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा ३६ देशका प्रतिनिधि आउने

२०८१ माघ ८, मंगलवार १४:२१
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेपाल बार एसोसिएसनले यहि फागुन ३ गतेदेखि ५ गतेसम्म ‘पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’को आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बारले फागुन ४ गते सम्मेलनको उद्घाटन गर्ने जानकारी गराएका हुन् ।

उक्त सम्मेलनमा एसियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढी देशका तीनसय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विशेष आतिथ्यता हुनेछ ।

सम्मेलनको विषयवस्तु ‘मानव अधिकारको सहनशीलताः प्राविधिक, वातावरणीय र सामाजिक चुनौतीहरूको सामना’ रहेको छ जसले समसामयिक मानव अधिकार मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

सम्मेलनमा एक पूर्ण सत्र र मानव अधिकार, वातावरणीय न्याय र आदिवासी जनजाति र समुदायका अधिकारहरु समेत गरि जम्मा तीन ट्र्याकहरूमा १२ वटा विषयगत सत्रहरू हुनेछन् ।

ल एशियाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्याम दिवानले कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध एजेण्डा तयार गरेको बताए ।

उनले भने, ‘हामी विश्वभरका वकिलहरूको उपस्थितिले समृद्ध हुने यो सम्मेलन नेपाल बार एसोसिएसनको समर्थनमा यो लक्षलाई अझ अघि बढाउनेमा विश्वस्त छौं । ल एशिया र नेपालको सम्बन्ध धेरै गहिरी छाल एशियाको उद्घाटन सम्मेलन १९६६ मा हुँदा नेपाल बार एसोसिएसनका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसबाट लामो समयसम्मको सम्बन्धको सुरुवात भएको थियो । नेपालको न्यायपालिका र स्वतन्त्र बारले मानव अधिकार, वातावरण, असल शासन र सार्वजनिक कानुनका क्षेत्रमा पथब्रेकिङ निर्णयहरू जारी राखेको छ । नेपाल बार एसोसिएसन र यसको ऊर्जावान नेतृत्वले यस सम्मेलनको लागि मानव अधिकार, वातावरणीय न्याय र आदिवासी समुदायहरूको अधिकारका विषयहरू समेटिएको एक समृद्ध अजेण्डा तयार गरेको छ । बलियो स्थानीय र अन्तर्राष्ट्रिय विशेषज्ञतासहितको विविध दायरा बोकेको वक्ताहरूको उपस्थितिले नेपालभरका कानुन व्यवसायीहरूलाई निस्सन्देह आकर्षित गर्नेछ ।’

त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च भएको भन्दै यसले समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउने बताए ।

‘सम्मेलन संवाद र सहकार्यको लागि एक महत्वपूर्ण मञ्च हो, जसले हामीलाई हाम्रो समयका ज्वलन्त मानव अधिकार चुनौतीहरूलाई सामना गर्न सशक्त बनाउँछ । हामी यस महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न पाउँदा सम्मानित महसुस गरेकाछौं । विश्वभरका न्यायपालिका, कानून व्यवसायी, मानवाधिकारकर्मीहरुको सहभागितामा नेपालमा हुने यस अन्तराष्ट्रिय सम्मेलनले नेपालको मानवाधिकार संरक्षण र प्रबर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास हामीले लिएकाछौं, उनले भने ।

सम्मेलनको सुरुवात फेब्रुअरी १५ को साँझमा सबै प्रतिनिधिहरूका लागि स्वागत डिनरबाट हुनेछ र राष्ट्रपतिले फेब्रुअरी १६ मा सम्मेलनको औपचारिक उद्घाटन गर्ने छन् । फेब्रुअरी १६ र १७ मा एक पूर्ण सत्र र १४ वटा सत्रहरू हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

ताजा अपडेट
  • बीपीको आदर्श र अग्रजको प्रेरणा बोकेर चुनावी मैदानमा जंगबहादुर

  • सामूहिक राजीनामापछि मनोनयन बहिष्कार : एमाले दोलखामा गम्भीर पार्टी संकट

  • सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

  • जनताको भरोसा र सशक्त नेतृत्वले कांग्रेसलाई पहिलो शक्ति बनाउँछ: सभापति जंग बहादुर लामा

  • सात धारा दुपचेश्वर मेला सम्पन्न, धर्म र संस्कृतिलाई जोगाई राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड

  • पाँचपोखरी थाङ्पाल गाउँपालिकामा खाद्य सुरक्षा सुदृढ : म्याद गुज्रिएका सामग्री नष्ट

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved