
काठमाडौं । त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने लोकप्रिय मोडल दिक्षा घिमिरे र सुजन साक्यको अभिनयमा “मायालुले आउ भन्छ ककनी” बोलको म्युजिक भिडियाे सार्वजनिक भएको छ। भिडियाे म सीता दुलाल युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे।
निरेन श्रेष्ठ को निर्देशन रहेको गीतको भिडियो छायांकन मरूभमि नारायण र बिष्णु खड्का को सम्पादनमा बनेकाे छ। प्रेम र विछोडको कथामा बनेको गीतमा जयराम हुमागाई, शर्मिला सुवेदी (सामना ) को स्वर छ।
सिता दुलाल को शब्द रहेको गीतमा मदन सुफिक्स ले संगीत भरेका छन्। रामचन्द्र वाग्ले र जयराम हुमागाई को प्रस्तुति रहेकाे गीत ऐरिका डिजिटल मा रेकर्ड गरिएको हाे।