
काठमाडौं महानगरपालिकाले धोबिखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरूमा डोजर चलाएको छ।
आइतबार महानगरसँग समन्वयन गरी उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको हो। महानगरले ओम अस्पतालको कम्पाउण्ड समेत भत्काएको छ।
वडा नम्बर ७ का वडा अध्यक्ष विमल होडाले पत्रकार सम्मेलन गर्दै करिडोरका अतिक्रमित सरकारी जग्गामा बनाइएका संरचना हटाइने बताएका थिए।
‘७ नम्बर वडामा झन्डै १४ रोपनी जग्गा अतिक्रमण भएको छ।
धोबिखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको प्राधिकरणको दाबी छ।