
काठमाडौं । शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले धाकधम्कीको राजनीति छाडेर वुद्धि विवेकसहितको स्वस्थ प्रतिस्पर्धामा आउन कांग्रेस सांसद मोहनबहादुर बस्नेतलाई आग्रह गरेका छन् ।
सापकोटा र बस्नेत सिन्धुपाल्चोकको एउटै क्षेत्रका नेता हुन् ।गत निर्वाचनमा सापकोटाले क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने अडान लिएपछि बस्नेत दुई नम्बर निर्वाचन क्षेत्रमा गएका थिए ।पछिल्लो पटक एमाले–कांग्रेसको गठबन्धन बनेपछि उनीहरूको सम्बन्ध बिग्रिएको छ ।
शनिबार बाह्रबिसेमा आयोजित सभामा बोल्ने क्रममा सापकोटाले बस्नेतलाई प्रतिस्पर्धाको छेउमा पनि आउनसक्ने अवस्था नभएको दाबी गरेका छन् ।‘धाक भन्दा धक्कू ठूलो भनेजस्तो जे गरिरहनुभएको छ । तपाईंको पतनको यात्रा त्यहाँबाट सुरु भएको छ । यसलाई रोकेर, ज्ञानको आयतन बढाएर, वुद्धि विवेक लगाएर बहस गर्न आउनुहुन्छ ?,’ सापकोटाले भने, ‘स्वस्थ प्रकारको प्रतिस्पर्धा गर्नका लागि राजनीतिक उच्च संस्कारसहित सुविचारित ढंगले गर्न हामी तयार छौं । अरु दायाँबायाँ गरेर आउनुभयो भने यो पूरानो तरिका हो, तपाईं हामीसँग प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न ।’
बस्नेतले गत २२ मंसिरमा ‘चुरीफुरी गरेर रुख ढाल्ने काम भयो भने सुबोध सापकोटा (माधव), अग्नि सापकोटा लगायत लिखुरेहरूलाई लाई गर्धन मुनि, रुख माथि पारिदिन्छु ।’भनेका थिए
‘तिघ्राका कुरा छाडिदिनुस्, कुस्ती गर्ने कुरा धेरै अगाडिको कुरा हो । अहिले कृत्रिम वौद्धिकताको कुरा आइसक्यो ।’त्यसतर्फ इंगित गर्दै सापकोटाले भनेका छन्।