Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

विपत्तका घटनाहरुप्रति जिम्मेवार निकायको गम्भीरतापूर्वक ध्यान जानुपर्छ : मन्त्री लेखी

२०८१ माघ २, बुधबार १३:२५
Shares
Facebook X Messenger WhatsApp

जनकपुर । मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विपत्तका घटनाहरु प्रति जिम्मेवार रहेका निकायहरुको गम्भीरतापूर्वक ध्यान जानु पर्नेमा कमी देखिएको बताएका छन् ।

२७ औं भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जनकपुरधाममा निकालिएको प्रभातफेरी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले सुरक्षाको प्रश्नमा सरकारका सम्बन्धित सम्पूर्ण निकायहरुको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमी देखिएको बताएका हुन् ।

उनले प्रभावतफेरि कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीको उपस्थित न्यून देखिएकोले आफू निराश भएको भावना व्यक्त गरे । उनले सुरक्षाको विषयमा आयोजित कार्यक्रम र घटनालाई समय दिन नसके समाज, प्रदेश र देशप्रति न्याय नहुने बताए । प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बजेट र समय खर्च गरेतापनि सहभागीहरुको कमी हुने गरेकामा निराशा व्यक्त गरे ।

गृहमन्त्री लेखीले सञ्चारमाध्यमहरुलाई पनि राजनितिक कार्यक्रमबाहेक सुरक्षा र सामाजिक घटनाहरुको समाचार सम्प्रेशनमा ध्यान दिन अनुरोध गरे ।

प्रभावतफेरी कार्यक्रममा धनुषा प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी बल, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला समन्वय समिति धनुषा, लगायत अन्य सम्बन्धित निकायका पदाधिकारीको उपस्थित रहेको थियो ।

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved