Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बसन्त शाहि र प्रिया सेन्चुरीको आवाजमा“बैँश चड्यो”सार्बजनिक (भिडियो)

२०८१ माघ २, बुधबार ०८:२५
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं : लोक तथा दोहोरी गायक बसन्त शाहिको विशेषता बेग्लै किसिमको छ। प्रायः आफुले गाउनी गीत आफै लेख्छन् उनी। लेख्ने मात्रै कहाँ होर शब्द अनुसारको मेलोडी पनि आफै तयार गर्छन्। अनि आफ्नै युट्युब च्यानलबाट बजारमा ल्याउँछन्।

मौलिकपन मै रहेर हरेकपटक पृथकता दिन प्रयास गर्ने शाहिले पछिल्लो नयाँ गीत बसन्त म्युजिक प्रा.लि युट्युब च्यानलबाट दर्शक स्रोतामाझ ल्याएका छन्। उनले “बैँश चड्यो” बोलको गीत बजारमा ल्याएका हुन्। गीतमा बसन्त शाहिसँगै प्रिया सेन्चुरीको सुमधुर आवाज सुन्न सकिन्छ। गीतमा अशोक कुमार सापकोटाको शब्द अनि संगीत भने बसन्त शाहिकै रहेको छ। गितलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन भने म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा  रेकर्ड गरिएको हो ।

गीत सुन्दा मौलिक लाग्छ। मौलिकपन भन्दा टाढा गएर शाहिले मेलोडी बनाएका छैनन् यो गीतमा। मौलिकपनलाई नछोडेर मीठो तरिकाले भाका बनाएका छन् उनले। उसो त, गाउन पनि मीठो तरिकाले गाएका छन्।बसन्त शाहि र प्रिया सेन्चुरीको गायकीको मिठास छुट्टै छ।

झट्ट सुन्ने जोकोहीलाई गीतको अडियोले तानिराख्छ। भिडियो पनि कुनै तामझाम बिना साधारण तर गजब छ। लोकप्रिय मोडल करिष्मा ढकाल, सुमन बि.सि., गृष्मा शाही, सुरज बि.सि. भिडियोमा फिचर्ड छन्। करिष्मा ढकाल र सुमन बि.सि.को आकर्षक डान्स भिडियोमा देख्न सकिन्छ।

भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन्।सन्तोष तिमल्सिनाले आकर्षक फ्रेममा खिचेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । अमर एम.एक्स भने भिडियोका कोरियोग्राफर हुन्।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।

यस अघि पनि धेरै गित संगित बजारमा ल्याएका शाहीको पछ्यौरी तानेर, लेकको चरी, त्रिसुली बजार, माया धेरैहोस्, खोली बगर, लेकै गुँरास बेसीमा टुनी लगायत गितहरुले दर्शकको मन जित्न सफल भएका छन् ।ओके टिभि नेपाल सँगको कुराकानीमा यो गित“बैँश चड्यो”ले पनि दर्शक श्रोताको मन जित्नेमा  विश्वस्त रहेको शाहीले बताएका छन् ।

हेर्नुस भिडियो……

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved