
काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरूलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् ।
काउन्सिलले आइतबार आयोजना गरेको नयाँ अनलाइन पोर्टल, युट्युब च्यानलका प्रकाशक तथा सम्पादकलाई अभिमुखीकरण कार्यक्रममा उनले पत्रकारिताको विश्वसनीयता वृद्धिका लागि सूचना र समाचार छुट्याएर सम्प्रेषण गर्न सबैलाई आग्रह गरे ।
“केही सञ्चार माध्यमले अरुलाई दुःख दिएका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेको छ । पत्रकारहरू कर्मी माहुरी जस्तो मेहनती हुनुपर्छ, अरूलाई दुःख दिने बारूलो जस्तो नहुन समेत आग्रह गर्नुभयो ।