
काठमाडौं: उपमा सञ्चार प्रा.लि. को मुख्य आयोजना तथा तेजनेपाल मल्टिमिडिया प्रा.लि. को सह-आयोजनामा दोश्रो उपमा राष्ट्रिय अवार्ड २०८१ भव्यरुपमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त दोश्रो उपमा राष्ट्रिय अवार्ड कार्यक्रममा गीत, म्युजिक, भिडियो, सिरियल, डकुमेन्ट्री लगायत विभिन्न बिधाका ख्याति प्राप्त कलाकार साहित्यकार पत्रकार लगायत नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न अहोरात्र खटिनु हुने अग्रज देखि अनुज सम्मलाई अवार्ड तथा सम्मानद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा गीत, संगीत र संस्कृतिसँग सम्बन्धित कलाकारहरूलाई राष्ट्रिय उपमा दशक सम्मान २०८१ प्रदान गरिएको थियो । अतिथिबाट दशक गायक/सर्जक/ सङ्गितकार सम्मानित हुनुहुनेमा डेउडा सम्राट नन्दकृष्ण जोशी, बरिष्ठ सङ्गितकार जीवन परियार, बरिष्ठ गायक रुपक परियार, बरिष्ठ निर्देशक राजु गिरि, मौलिक गायिका पुजा परियार शेर्पा, मौलिक गायक कुशल बिश्वकर्मा, गायक बद्री प्रसाद सिटौला, गायक सर्जक कृष्ण गैरे, गायक मोडल प्रकाश गौतम, मैथिली तथा भोजपुरी बरिष्ठ मोडल पुजा कुमारी पास्वान, पछिल्लो समयका चर्चित गायक बिश्वराम कार्की जुरि निर्णायक तर्फ भजन सम्राट रेशम सापकोटा, बरिष्ठ गितकार रोशन भट्टराई , बरिष्ठ पत्रकार केदरनाथ कोइराला, कला सम्मान तर्फ सन्चिता बराल, मन्दिरा खड्का कार्यक्रमका संयोजक राम कृष्ण पाण्डे लगायत विभिन्न कलाकार ज्युहरु सम्मानित हुनु भएको थियो ।
अवार्ड तर्फ राष्ट्रिय भावनाका गित, लोक दोहोरी गित, एकल लोक गित, चाडपर्व गीत, कौडा, सालैजो, आधुनिक गीत, लोक पप, प्रत्यक्ष दोहोरी गीत, स्टेज प्रफमर, टेलिसिरियल, भाषा भाषी गीत, जनचेतनामूलक फिल्म अन्य बिदाबाट गरि ७६ जना कलाकारहरु पुरस्कृत भएका छन् ।
यसैगरि साे अवार्ड कार्यक्रममा “नाई नाई नभन्नु ल“ म्युजिक भिडियोबाट कुसुम शर्मा ( सकम्बरी) ले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन् । साथै सोही गीतबाट शिवराज गौतमले स्याक्सोफोन विधाबाट अवार्ड हात पारेका छन् ।