
काठमाडौंमा हिजो अस्तिको तुलनामा बिहीबार बिहान बढी चिसो महशुस भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेका कारण हिजो अस्तिभन्दा बढी चिसो महशुस भएको हो।
मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनत तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।यो भनेको बुधबारको तुलनामा लगभग दुई डिग्री सेल्सियस कम हो। बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो।
आज दिनभरि काठमाडौंको मौसम सफा हुने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ। बिहीबार काठमाडौंमा अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।