Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

मन्त्रालयगत नीति निर्माणमा मन्त्री पाण्डेको सक्रियता, एमाले र कांग्रेसले जनाए ऐक्यवद्वता

२०८१ पुष २४, बुधबार १४:५२
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणमा सक्रियता देखाएका छन् ।

बुधबार भएको छलफलका क्रममा उनले कानुनी शासनको बाटोमा डोर्याउन मौजुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुनः निर्माण कार्यलाई तिब्रता दिएको बताए ।

यसैबीच मन्त्री पाण्डेको सक्रियतामा हाल पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम चरणका लागि छलफल जारी रहेको छ ।

उनले भने, ‘शासकीय स्वरूप परिवर्तन भएपनि पूरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन् । तीनिहरूलाई व्यस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ।पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन् ।’

उनले नीतिगत रूपमा कहाँ त्रुटी छन् त्यसको पहिचान गरि राजनीतिक दलको सक्रिय सहभागीता र सुझावका आधारमा अन्तिम रूप दिने काम भईरहेको बताए ।

त्यसैगरी पर्यटन नीति २०८१ को मस्यौदा निर्माणमा सहभागीता जनाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यानदिनु पर्नेमा जोड दिए ।

उनले भने, ‘सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्छ । नेपालको भविष्य पर्यटन क्षेत्रमा छ, यो हाम्रोलागि अवसर पनि हो, जलवायु परिवर्तनको विषय पनि ऐनमा समेटिनुपर्छ ।’

त्यस्तै पर्यटन नीतिको मस्यौदामा सहभागीता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐनलाई प्रतिस्तावित गर्दै नयाँ बन्ने नीतिले सिमाङ्कनमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘नीति निर्माणको क्रम निरन्तरता हुनुपर्छ।पुराना कानुको पूनरावलोकन हुनैपर्छ ।नीति बनाउँदा सम्बन्धित अन्तरमन्त्रालयसँग समेत छलफल हुन जरुरी छ। पर्यकीय क्षेत्रमा

सरकारभन्दा बढी नीजि क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरूरी छ ।’

महामन्त्री थापाले पर्यकीय क्षेत्रको विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु पर्नेमा समेत जोड दिए ।

पर्यटन नीतिको मस्यौदामा मन्त्री पाण्डे,राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थि,मन्त्रालयका सचिव गणेश पाण्डेय पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा नारायण रेग्मी,पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीसहित विज्ञ र जानकारहरूले सक्रिय सहभागीता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved