नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







