सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
भुकम्प मापन केन्द्रका लोक विजय अधिकारीका अनुसार १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।


काठमाडौं उपत्यका रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म धक्का महसुस गराएको थियो ।







