Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीको आन्दोलनप्रति समर्थन छ : ट्रेड युनियन कांग्रेस

२०८१ पुष १७, बुधबार १५:१०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । संस्था लर्ड बुद्ध एजुकेशनल एकेडमी लिमिटेड संचालक रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी एवम स्वास्थ्यकर्मीहरु माग र आन्दोलनप्रति नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले समर्थन जनाएको छ।

बुधबार ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्तिमार्फ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। ‘नेपालगञ्ज मेडिकल कलेजमा क्रियाशील रहेका कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी युनियनको तर्फबाट संयुक्त रुपमा राखिएका मागप्रति यस महासंघको ध्यानाकर्षण भएको छ। नेपाल ट्रेड युनियन काँग्रेस संयुक्त रुपमा राखिएका उक्त माग प्रति ऐक्यवद्धता जाहेर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

कर्मचारी आन्दोलन र आन्दोलनमा राखिएका मागका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत ध्यानाकर्षण भई प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक, निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको न्यूनतम पारिश्रमिक, सेवा सुविधा, अतिरिक्त भत्ता, करार नियुक्ति तथा सम्झौताका विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०८१÷०८÷२७ गते सचिव स्तरीय निर्णय समेत भईसकेको अवस्थामा नेपालगञ्ज मेडिकल कलेजलाई सो निर्णय कार्यान्वयन गर्न र कर्मचारीहरुको मागको विषयमा ब्यवस्थापन पक्ष र क्रियाशील कर्मचारी संघ, संगठन र स्वास्थ्यकर्मी युनियनको प्रतिनिधिका बीच वार्ता र छलफलको माध्यमबाट समाधान गरी सेवारत कर्मचारीहरुलाई सहज रुपमा काममा फर्कने वातावरण सिर्जना गर्न नेपाल ट्रेड युनियन काँग्रेस ब्यवस्थापन पक्षसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै ट्रेड युनियन कांग्रेसले आइएलओ महासन्धीले प्रत्याभुत गरेको सामूहिक सौदावाजीको हक र श्रमिकको माग पूरा गर्न हडताल गर्ने अधिकारलाई कुण्ठित गर्न नपाइने पनि जनाएको छ। ‘आइएलओ महासन्धीले प्रत्याभूत गरेको सामुहिक सौदावाजीको हक र श्रमिकका माग पुरा गर्न हडताल गर्ने अधिकारलाई कुण्ठित गर्ने मनसायका साथै श्रम ऐनको मर्म विपरीत श्रमिक तथा ट्रेड युनियनहरु माथि मुद्दा लगाई आन्दोलनमा जान बञ्चित गर्ने कार्यलाई कदापि न्यायोचित मान्न सकिदैन र यो महासंघ यस्ता कार्यको घोर भत्र्सना गर्दै उक्त मुद्दा अविलम्व फिर्ता लिई सरोकारवालाहरुसँग छलफल तथा सम्वादद्धारा समस्या समाधान गर्न यस महासंघ व्यवस्थापन पक्षसँग माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छ,’ महाहसचिव राईले विज्ञप्तिमा भनेका छन्।

करिव १ हजार ५ सय कर्मचारी रहेको सो शिक्षण अस्पतालमा बिगत केही दिनदेखि विभिन्न ५४ बुँदे माग राखेर कर्मचारीहरु आन्दोलनरत छन्। आन्दोलनरत कर्मचारीले अस्पतालको ओपिडि समेत ठप्प पारेर अन्दोलन चर्काउदै आएका छन। उनीहरुको आन्दोलनका कारण दैनिक ८ सय विरामीहरु सेवा लिन बञ्चित भएको अस्पताल प्रशासन दाबी गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved