Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल बिहीबारबाट

२०८१ पुष १७, बुधबार १६:२०
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुदैँछ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुन लागेको जानकारी गराएको हो । खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ ।
सोही क्रममा नेपाल एपिएफ क्लबको कोच जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको भन्दै खेलको लागि एकदम तयार रहेको बताए ।
उनले भने, ‘हामी खेलको लागि एकदम तयार छौ । हामीले तयारी राम्रो नै गरिरहेका छौ ।’
यस्तै, सोही टिमका कप्तान अनिता बस्नेतले पहिला भएका गल्तीहरुलाई नदोहोराई टाइटलको लागि खेल्ने बताए ।
उनले भनिन्, ‘तालिमहरु सबै राम्रो नै भईरहेको छ । पहिला भएका गल्तीहरुलाई नदोहोराई राम्रो तरिकाले खेल्ने छौ । टाइटलको लागि नै भनेर खेल्ने हो । मेरो गल्तीहरुलाई सिखको रुपमा लिएको छु र अब राम्रो गर्ने योजना छ ।’
यसको साथै, त्रिभुवन आर्मी क्लबका कोच कृष्ण ठगुन्नाले पनि उपाधी जित्ने अपेक्षा राखेको बताए ।
उनले भने, ‘तयारी सबै राम्रो नै छ । उपाधी जित्ने अपेक्षा छ ।’
यस्तो घरेलु लिगहरुले खेलाडीहरुलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक भएको सोही टिमकी कप्तान पुनम जर्घा मगरले बताईन् ।
उनले भनिन्, ‘टिमको तयारी राम्रो नै भईरहेको छ र राम्रो खेल्ने आशा गरेका छौ । उपाधी पाउने नै प्रयास हो । घरेलु लिगहरु धेरै हुनुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो किप्परहरु राम्रो नै छ ।’
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन् ।
अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । कोशीले नाम फिर्ता लिएपछि पहिलो चरणको लिग छैठौं स्थानमा रहेको बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ । अन्तिम चरणमा २४ खेलहरु हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved