Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

मझुवागढी अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

२०८१ पुष १६, मंगलवार २३:०४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नमुना स्पोट्स क्लबको आयोजनामा हुने दोस्रो संस्करणको मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

पुस २० गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा केपिलासगढी वडा नम्बर चार र सोल्मा वडा नम्बर दुईबीच हुने भएको छ। पहिलो दिन एक खेल मात्रै हुने आयोजकले जनाएको छ।

यस्तै दोस्रो दिन २१ गते हुने दिनको पहिलो खेलमा दिक्तेल वडा नम्बर एकले बामराङ टिमसँग बिहान ११ बजे खेल्ने छ। दोस्रो खेल साँगुरीगढी आठले लफ्याङ्ग पाँचसँग दिउँसो १२:३० बजे प्रतिस्पर्धा गर्नेछ। दिउँसो २:३० बजे नेर्पा ६ र रतनछा दुई भिड्ने छन्।

सहभागि १० टिमलाई दुईवाट पोलमा विभाजन गरिएको छ।जसमा केपिलासगढी चार, सोल्मा वडा नम्बर, साँगुरीगढी आठ, लफ्याङ्ग पाँच, सवाकाटारे तीन, नेर्पा ६, रतनछा दुई, दिक्तेल एक, बमराङ्ग तीन, नुनथला १३ को सहभागिता रहेको छ।

आगामी पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल रञ्जितमान खेल मैदान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लफ्याङ्ग पाँच खोटाङमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार १११, उपविजेताले एक लाख एक हजार १११ रुपौँया तथा ट्रफी मेडल प्रमाण पत्र पाउने छ भने सेमिफाइनलमा पुग्ने चार मध्य पराजित दुई टोलीले समान ३५ हजार ५५५ पाउने आयोजकले जनाएको छ।

बेस्ट प्लेयर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट किपर, बेस्ट कोच सर्वाधिक गोल कर्ता र अनुशासित टिमलाई पाँच हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ।

प्रतियोगितामा सहभागि टिमले खोटाङ जिल्ला भित्रका चार जना, जिल्ला बाहिरका तीन जनागरी वडा भन्दा बाहिरका सात खेलाडी समावेश गराउने पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved