
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।