
काठमाडौं : बैतडी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो।
बैतडीको सिगास गाउँपालिकाको नवाघर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। आसपासका जिल्लामा पनि भूकम्प महशुस गरिएको थियो।