
सिन्धुपाल्चोक- नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा २०८१/०५/१३ गतेदेखि २०८१/०५/१५ गतेसम्म सञ्चालित चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित अन्तर विद्यालय ‘चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८१ अन्तर्गत तेक्वान्दो खेल सम्पन्न भएको छ।
आईतबार चौतारा साँगाचोकगढी नगरपालिका आहालडाँडा स्थित कबर्ड हलमा आयोजित एक समारोहका वीच चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८१ अन्तर्गत तेक्वान्दो खेल सम्पन्न भएको हो ।
समापन समारोहमा तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारी खेलाडीहरूलाई प्रमाणपत्र बितरण गर्दै तेक्वान्दो खेल बाट सिन्धुपाल्चोक जिल्ला लाई देश बिदेसमा चिनाउनका लागि अाफु हरपल तेक्वान्दो खेल लाई अझै प्रभाकारि बनाउदै लाने र हरेक खेलाडीको साथमा रहने समेत बताउनुभयो ।
कार्यक्रममा तेक्वान्दो खेलको १३ औं दक्षिण एशियाली (साफ)स्वर्ण पदक बिजेता काजल श्रेष्ठ, सिन्धुपाल्चोक खेलकुद संघ का अध्यक्ष रामकृष्ण दङ्गालको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै दङ्गालले हरेक खेलमा अाफु हरपल खेलाडीको साथमा रहेर काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ।