
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ।
मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।