Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन् : रामवरण यादव

२०८१ पुष ८, सोमबार १४:१८
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उनले अहिलेको समाजमा मानव सभ्यता कम हुदैँ गएको भन्दै यस्तोबेला पनि पत्रकारहरुले आफ्नो धर्म छोड्न नहुने बताए ।
उनले भने, ‘अहिले मानव सभ्यताको उल्टो गियर लागिरहेको छ कि जस्तो लाग्छ । नैतिकताको धेरै कमी छ । राजनीतिकर्मीहरुले नैतिकता छोड्ने हो भने त्यो व्यापार हुन्छ राजनीति रहदैँन् । त्यस्तै तपाईहरुले पनि जब कलम समात्नु हुन्छ, त्यो बेला पत्रकारिताको धर्म निभाउनुपर्छ । आजको संसारमा नैतिकताको कमी भइरहेको छ, यस्तोबेला आफ्नो धर्म नछोड्नु । जहाँ भएपनि आफ्नो व्यवसायीक धर्म छोड्नु हुदैँन् त्यसपछि पत्रकार बन्न सकिन्छ ।’
यसको साथै, उनले वर्तमान समयमा पनि सरकारले पत्रकारिताको क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै यो लडाई पत्रकारहरुले सधैँ लड्नुपर्ने बताए ।
उनले भने, ‘आज खुल्ला समाजमा हामी आएका छौं । संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, संघीयतासहित समावेसी, समानुपातिक छ । स्वतन्त्र पत्रकारिता छ तर अहिले पनि गुनासो आइरहेको छ कि सरकारले यो क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको छ । यसमा तपाईहरु लडिरहनुपर्छ ।
यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले श्रमजीवि पत्रकारहरुको समस्यालाई सदनसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘यहाँ नेता हुन पनि सहज छैन । किसान हुन पनि सहज छैन । वकिल हुन पनि सहज छैन । पत्रकार हुन पनि सहज छैन । इमान्दारिता, संकल्प, लगनको कुरा हो यसले सबै काम सहज बनाउँछ । सत्यलाई झुटले छोप्न सक्छ तर मेटाउन सक्दैँन् । अहिले श्रमजीवि पत्रकारहरुको अवस्था गारो छ । यी समस्याहरुलाई संस्थागत रुपले पत्रकार महासंघले यसलाई आफ्नो समस्या बनाउने छ र हाम्रो पनि यसलाई सदनसम्म पु¥याउने कुरामा भूमिका रहनु पर्छ र त्यसमा प्रतिबद्धता पनि व्यक्त गर्न चहान्छु ।’
सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले हामीले जनतामा भएको निराशा चिर्दै आशा जगाउनुपर्ने भन्दै यो काम नभएसम्म लोकतन्त्रलाई बलियो बनाउने काम हुन नसक्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

योग दिवसमा सामुहिक योगाभ्यास

नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

“आगो भन्दा डेन्जर छ पिरती” गायक लिला श्रेष्ठ 

१४ वर्षपछि सर्वोच्चको परमादेश: माओवादी नेता अग्नि सापकोटाविरुद्ध अब ज्यान मुद्दामा अनुसन्धान

ताजा अपडेट
  • मानव कल्याण समाजलाई पत्रिकाको नगद सहयोग, पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

  • निरेन श्रेष्ठको निर्देशनमा “जाम कान्छि रेलैमा” खेम सेञ्चुरीको आवाज 

  • योग दिवसमा सामुहिक योगाभ्यास

  • नेपाल तरुण दल बलेफीको नयाँ कार्यसमिति चयन, वडास्तरीय इकाईहरू पनि गठन

  • मौलिक घाँसे जुहारी “जान्न असार उम्केर” 

  • मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम भव्य रूपमा सम्पन्न 

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिनेश भण्डारी
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८63459389
न्युज डेस्क सम्पर्क: ९८63459389
[email protected]

बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved