Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले जित्यो एनपीएलको उपाधी

२०८१ पुष ६, शनिबार १६:०४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ।शनिबार त्रिवि क्रिकेट मैदानमा सम्भान्न फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। जनकपुरले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो।

सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गरे। उनले सर्वाधिक ८७ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए। हर्ष ठाकेरले ३० रन अविजित रहे।

सुदुरपश्चिमका लागि सेफ जैब, इशान पाण्डेय, कप्तान दिपेन्द्र सिंह एैरी र स्कटले समान एक एक विकेट लिए।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो।सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरेका थिए। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे। अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ १४ रन बनाए। स्कट कुगेलिनले १३ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ८ रन बनाएर आउट भए।जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन तीन विकेट लिए। यस्तै जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए।

उपाधिसँगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख प्राप्त गरेको छ भने उपविजेता सुदुरपश्चिमले रु ५१ लाख प्राप्त गरेको छ। साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

ताजा अपडेट
  • सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न,पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो

  • पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति, तीन वर्षको अथक प्रयास 

  • मेलम्ची नगरपालिकाकाको वार्षिक समीक्षा योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गरिने

  • शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न

  • जगबहादुर पाख्रीनको अध्यक्षतामा  पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन

  • नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved