
काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेलमा जनकपुर बोल्टसलाई ११९ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो।
कर्णालीको लागि गुलसन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए।
विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनसि ठकुरीले समान १२ रन बनाउँदा चार्डविक वाल्टन ११ रनको योग्दान दिए।
यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी, मोमहद मोहसिन र जिमि निसमले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे।
कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो।