Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाइरहेको छन् : प्रधानमन्त्री

२०८१ पुष ३, बुधबार १६:३४
Shares
Facebook X Messenger WhatsApp

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट पारे ।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन् ।’उनले भने,‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् । राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्व्ेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।’

प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।

असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छूवाछूत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताए ।

उनले भने,‘मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मदै श्रेष्ठ वा ठुलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन ।’

कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले  समता र समन्वय नै मूलुकको विकासको पहिलो आधार हो भन्ने यर्थातलाई बुझेर सबैले गहिरोगरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता रहेको बताए । राज्यका सबै जातजाति ,समुदाय र क्षेत्रको समतामुलक विकासले मात्रै मूलुकको समग्र विकास सम्भव रहेको उनको भनाई छ ।

उनले भने,‘समता र समन्वय नै मूलुकको विकासको पहिलो आधार हो भन्ने यर्थातलाई बुझेर सबैले गहिरोगरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो भन्ने कुरामा कसैको पनि विमति छैन् । राज्यका सबै जातजाति समुदाय क्षेत्रको समतामुलक विकासले मात्रै मूलुकको समग्र विकास सम्भव हुन्छ ।’

उनले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्नेमा जोड दिए ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

ताजा अपडेट
  • बासुदेव र बासुदेवकाे `बाचा गर माया´ सार्वजनिक

  • आज २०८१ चैत्र २९ गते शुक्रवारको राशिफल

  • पत्रकार नवराज बजगाई ‘देउरानी’ टिमबाट सम्मानित

  • अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता चैत ४ गतेदेखि सुरू

  • नव क्षितिज साप्ताहिकको रजत लोगो सार्वजनिक

  • ‘केपी ओली कप’ मा मच्छिन्द्रलाई ‘ह्याट्रिक’ उपाधि

हुलाक पत्र डट कमका लागि
हुलाक पत्र मिडिया हाउस
अध्यक्ष तथा प्रबन्ध निर्देशक:दिपक कार्की
कम्पनि दर्ता नं.: अपडेट हुदै…..
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

सम्पर्क

मोबाईल: ९८२३५४५०२४
न्युज डेस्क सम्पर्क: ९८२३५४५०२४
hulakpatra90@gmail.com
बलेफि-४, सिन्धुपाल्चोक, बागमती
Website:- hulakpatra.com

हाम्रो बारे

हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved