
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।
मंगलबार प्रतितोला दुई सय रूपैयाँ बढेको भाउ प्रतितोला सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।