सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडौंवाट पक्राउ परेका हुन् ।

सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो ।