
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। ६ टेकानपुरस्थित दावी खोलामा निर्माणाधीन पुल उद्घाटन गर्न पुगेका कांग्रेस नेता मोहन बस्नेतको स्थानीयले विरोध गरेका छन्।
जुरे पहिरोपछि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको सो क्षेत्रमा बागमती प्रदेश सरकारको बजेटबाट पुल निर्माण भइरहेको पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन मन्त्री अरुण नेपालको पहलमा सुरु गरिएको थियो।स्थानीयहरूले निर्माण सम्पन्न नहुँदै पुल उद्घाटन गर्न हतारो देखाएका नेता बस्नेतको कार्यप्रति आक्रोश व्यक्त गरेका छन्। विरोध प्रदर्शनका क्रममा नाराबाजी भएपछि बस्नेतले ठूलो संख्यामा प्रहरी बल ल्याएर दबाब दिने प्रयास गरेको स्थानीयहरूको आरोप छ।
बस्नेतविरुद्ध स्थानीयहरूले नाराबाजी गर्दै पुल उद्घाटनलाई अवरोध गरेका थिए। स्थानीयको उपस्थिति बिना बाहिरी व्यक्तिहरू बोलाएर बन्दै गरेको पुलको उद्घाटन गरेका बस्नेत तत्काल क्षेत्र छाड्न बाध्य भएका थिए।